Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, चितवन

भरतपुर

Visit Nepal 2020 - Ministry of Home Affairs

विश्व मानचित्रमा पर्वत २८० ००’ १९” देखि २८० २३’ ५९” अक्षांश र ८३० ३३’ ४०” देखि ८३० ४९’३०” देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पूर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी जिल्लाहरु पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल ४९४ वर्ग कि.मी. रहेको छ । उचाईका हिसाबले समुन्द्री सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणी देखि ३,३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्दछ । यस जिल्लाको कूल भूमि ५३६८६.२१ हेक्टरमध्ये वन क्षेत्रले ओगटेको जमिन १९,९९७ हेक्टर, कृषि भूमि २४,१७१ हेक्टर र प्रति जमिन, बुट्यान, भवन, बाटोघाटो, भीरपाखा तथा खोलाले ओगटेको जमिन ९,५१८ हेक्टर रहेको छ । यस जिल्लाको कूल कृषि जमिन २४१७१ हे. मध्ये खेत ९०७३ हेक्टर, जस मध्ये बाह्रै महिना सिंचाई हुने ६,४२० हे. र मौसमी सिंचाई हुने २६६६ हे. छ भने पाखोबारी १५,०९८ हे. रहेको छ । राजनैतिक विभाजन अनुसार पर्वत जिल्लालाई १ प्रतिनिधी सभा निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र, २ नगरपालिका, ५ गाउँपालिका र ६२ वडामा विभाजन गरिएको छ । पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार हो भने अन्य प्रमुख बजार क्षेत्रहरुमा वारी वेनी, पातिचौर, डिमुवा, कार्किनेटा, फलेवास, लुँखु, हुवास प्रमुख व्यापारीक केन्द्र रहेका छन् । २०६८ को राष्ट्रिय जनगणनाको तथ्याड्क अनुसार यस जिल्लामा ३१,५२७ घरधुरीमा बसोबास गर्ने ३५७१९ परिवार छन् । जिल्लाको कूल जनसंख्या १,४६५९० रहेको छ । जसमध्ये महिला ८१,२८९ र पूरुष ६५,३०१ रहेका छन् । यस तथ्याङ्क अनुसार यस जिल्लामा पुरुषको भन्दा महिलको जनसंख्या बढी देखिन्छ । जसको अनुपात १००:८० (महिलाःपुरुष) रहेको छ । यस जिल्लाको जनसंख्या वृद्धिदर    (–)०.७४ देखिन्छ । जनगणना २०६८ को तथ्याड्क अनुसार यस जिल्लाको साक्षरता ७३.८५ प्रतिशत रहेको छ । जस मध्ये पूरुष साक्षरता ८३.४२ र महिला साक्षरता ६६.३८ प्रतिशत रहेको छ ।